स्थानीय शिक्षक हुन् गुल्मीमा संक्रमित, कसरी सर्यो कोरोना ?

गुल्मीमा पहिलो पटक एक कोरोनाभाइरस संक्रमित भेटिएका छन् । बुटवलमा उपचार गराइरहेका उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो ।

अहिले उनको उपचार भइरहेको बुटवलको क्रिमसन अस्पताल सिल गरिएको छ । 

तर, मालिका गाउँपालिका वडा नं ६ का उनलाई कसरी कोरोनाभाइरस संक्रमण भयो भन्ने रहस्यमा रहेको छ । किनकि स्थानीय एक विद्यालयमा अध्यापन गर्ने उनले लकडाउन सुरु भएपछि वा त्यसभन्दा अगाडि कतै यात्रा गरेका थिएनन्, कतै गएका थिएनन् ।

बरु केही दिनअघि उनलाई सामान्य ज्वरो र बान्ता आएको थियो । स्थानीय क्लिनिकमा उपचार गर्दा पनि निको भएन । त्यसको ४ दिनपछि उनी बुटवल आएर उपचार गर्ने सोच बनाए ।

यसअघि नै कोरोनाभाइरसको आशंका गरिएका कारण उनलाई विशेष उपचार गरिएको छ ।

तर, प्रश्न उठ्छ– गुल्मीको गाउँमा नै रहेका उनलाई कोरोनाभाइरुस संक्रमण भयो त?



यसको कारण हुनसक्छ, भारतबाट गुल्मीमा पुगेका कोरोनाभाइरस संक्रमित युवाहरुको सम्पर्कमा उनी पुगेका थिए । यो १६ चैत तिरको कुरा हो । १५ जना जति युवाहरु भारतबाट गुल्मी पुगेका थिए । उनीहरु यी पछिल्ला संक्रमितको गाउँमा नै पुगेका थिए । त्यहाँ उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिएको थियो । 

अनि आरडिटी परीक्षण गरिएको थियो । उनीहरुको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।



त्यसैले उनीहरुलाई घरमा जान दिइयो । तर, आरडिटी परीक्षण गरिएका कसैको पनि पिसिआर परीक्षण गरिएको थिएन । के उनलाई तिनै भारतबाट फर्किएका युवाहरुबाट कोरोनाभाइरस संक्रमण भएको हो त ?

यसबारे अब अध्ययन सुरु हुन थालिएको छ ।

  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १८:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया