कोरोनाबारे मोदीका सर्त ममत बनर्जीले नमान्ने

भारतमा पछिल्ला दिन कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ । अब भारतमा एक लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिइसकेका छन् । त्यसैले त्यहाँको सरकारले थप १४ दिनको लकडाउन लगाएको छ । 

तर, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भारत सरकारले लगाएका निर्देशनलाई नमान्ने बताएकी छिन् । भारतको केन्द्र सरकारले रातिमा कर्फ्यू लगाउने बताएको थियो । तर, बनर्जीले यो सर्त मान्न नसकिने जवाफ दिएकी छिन् । 

उनले भनेकी छिन्, ‘हामी मानिसहरुलाई अनावश्यक रुपमा बाहिर ननिस्किन भन्न सक्छौँ तर कर्फ्यू लगाउने निर्देशन लागु गर्न सक्दैनौँ ।’ भारतको केन्द्र सरकारले साँझ सात बजेदेखि विहान सात बजेसम्म कर्फ्यू लगाउन निर्देशन दिएको छ । 

ममताले केन्द्र सरकारको यो निर्देशनलाई जनविरोधी पनि बताएकी छिन् । उनले मानिसहरु पहिले नै तनावमा भएकाले राति कर्फ्यू लगाउने कुरा घोषणा गर्न नसक्ने बताएकी हुन् ।

साथै उनले भारत सरकारले ल्याएको २० लाख करोडको आर्थिक प्याकेज पनि शून्य बराबर भएको टिप्पणी गरेकी छिन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १९:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया