टिचिङ अस्पतालमा उपचार गरेर गाउँ पुगेकाहरु क्वारेन्टाइनमा, गाउँगाउँमा त्रास

गोरखाको भीमसेनथापा गाउँपालिका–८ मा एकै परिवारका तीनसहित चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर आइतबार साँझगाउँ फर्किएका बिरामी र कुरुवालाई क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष बासु थापाले बताए ।  

त्रिवि शिक्षण अस्पतालमा प्रसूति भएकी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएपछि गाउँमात्रास बढ्ने भएकाले सुरक्षाका लागि क्वारेन्टाइनमा राखिएको हो ।

जागेश्वर माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका उनीहरूलाई खाने व्यवस्था वडा कार्यालयले गरेको भीमसेन थापागाउँ कार्यपालिका सदस्य सरिता भट्टले बताइन् ।

गाउँपालिकार स्वास्थ्य कार्यालयको समन्वयमा उनीहरूको पिसिआर परीक्षण गर्ने तयारी भएको छ । निमोनिया भएर उपचार गराउन गएकाउनीहरू एक सातापछि घर फर्केका थिए ।  

वैशाख २५ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर प्रसूति गराएकी शहिद लखन गाउँपालिका–९ नाम्जुङकी एक महिला गाउँ फर्किएपछि त्रास बढेको छ । सुत्केरी महिला सहित उनको सम्पर्कमा रहेकाहरूको पिसिआर परीक्षण मंगलबार गर्ने तयारी गरिएको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए । उनीहरू आफ्नै घरमा बसिरहेका छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १९:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया