बलिउड अभिनेत्री आलिया भट्टले कोरोनाविरुद्ध लडिरहेका योद्धाहरुलाई सहयोग गरिरहेकी छिन् । बारम्बार सामाजिक सन्जालमा उनीहरुको मनोबल बढाउन पनि उनले काम गरिरहेकी छिन् ।
अब यहीबीच उनले चिकित्सकहरुका लागि केही चकलेट, स्न्याक्स तथा जुस पठाएकी छिन् ।
यसमा उनले एउटा नोट पनि लेखेकी छिन् । ‘हामी अहिले स्वास्थ्य र सुरक्षिता छौँ, हामीलाई सुरक्षित राखेकोमा धन्यवाद, तपाईंहरु सबै रियल हिरो हो,’ उनले लेखेको कुरा अहिले भारतका सन्चारमाध्यममा निकै भाइरल भइरहेको छ । केही चिकित्सकहरुले त सामाजिक सन्जालमा नै आलियाले पठाएका चकलेट राखेर उनलाई धन्यवाद दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।