सिन्धुलीमा चिकित्सकसहित स्वास्थ्यकर्मीको आरडिटी पोजेटिभ आएपछि बढ्यो त्रास

सिन्धुलीमा गरिएको कोरोनाभाइरसको र्यापिड टेस्ट (आरडिटी)मा १२ जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएपछि त्रास फैलिएको छ । त्यहाँ २० जनामा कोरोनाभाइरस संक्रमणको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । 

यीमध्ये १२ जना अस्पतालमा कार्यरत हुन् भने अन्य ८ जना अन्य सरकारी कार्यालयहरुमा कार्यरत हुन् । 

एक सय ५९ जनाको परीक्षण गरिएकोमा २० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आरडिटीमा पोजेटिभ आएका सबैको स्वाब लिएर पिसिआर परीक्षणमा पठाइएको छ । अब उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिने तयारी भएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १९:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया