आजको मिति र निर्णय युग युगसम्म हाजिरी जवाफमा सोधिन्छ– योगेश भट्टराई

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा पारित गरेपछि यसको सर्वत्र प्रशंसा सुरु भएको छ । भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरालाई समेटेर मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको नेपालको नयाँ नक्सा पारित गरेको हो । 

यही विषयमा पर्यटनमन्त्री योगेश भट्टराईले आजको निर्णयलाई इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने बताएका छन् । 

उनले सामाजिक सन्जाल ट्विटरमा लेखेका छन्, ‘आज नेपाल सरकारको मन्त्रिपरिसदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ ।’

उनले थपेका छन्, ‘आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भइरहने छ ।’

अनि यो सब कामका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिएका छन् । 

भारतले केहीअघि जम्मू र कश्मिरलाई दिएको विशेष राज्यको अधिकारलाई हटाएपछि आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । त्यसमा पनि नेपाली भूमि समेटिएपछि त्यति बेला देखि नै यस विषयमा विवाद भएको थियो । 



तर, भारतले आफूले आफ्नो भूमिमात्र नक्सामा समेटेको बताउँदै आएको थियो । 

पछिल्लो समय लिपुलेकमा नेपाली भूमि प्रयोग गरेर भारतले मानसरोवर जाने बाटोसमेत बनाइसकेको छ । केही दिनअघि भारतीय गृहमन्त्री राजनाथ सिंहले यो बाटो उद्घाटन गरेपछि यसबारे विवाद चुलिएको थियो । 



यसअघि नेपालले कुटनीतिक पहल गरेर यो समाधान गर्ने बताइएको थियो । तर, केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो पहल गर्दा पनि भारतले बेवास्ता गरिरहेको बताएका थिए । 

पछिल्लो समय यस विषयमा भारत र नेपालबीच जुहारी चलिरहेको थियो ।

  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार २०:१६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया