अब नेपालको क्षेत्रफल– १४७४९१ वर्गकिलोमिटर

सोमबार मन्त्रिपरिषद् बैठकले पहिलो पटक नेपालको नक्सालाई पूर्णता दिएको छ– भारतले अतिक्रमण गरेको भूमिलाई पनि नेपाली नक्सामा समेटेर । लिम्पियाधुरादेखि लिपुलेकको अतिक्रमित जग्गा नेपालले अब आफ्नो नक्सामा समावेश गर्नेछ । 

योसँगै नेपालको संविधान, निशाना छापमा भएको तस्वीर र हामीले प्रयोग गर्दै आएका सबै नेपालका नक्साहरुमा परिवर्तन आउने भएको छ । नेपालको नक्सामा परिवर्तन आउनु भनेको हाम्रो क्षेत्रफलमा पनि परिवर्तन आउनु हो । 

यसअघि हामीले नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर भनेर पढ्दै आएका थियौँ ।

अब यसअघि नसमेटिएको भूमि पनि समावेश भएपछि नेपालको नयाँ क्षेत्रफल पनि कायम भएको छ । अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार ४ सय ९१ वर्गकिमी हुनेछ । 





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार २२:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया