धादिङमा ६ जनाकाे आरडिटी पाेजेटिभ

धादिङमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ । सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी दुई सय ३० जनाको आरडिटी परीक्षण गरिएको थियो । जसमा धादिङबेसीमा एक सय १४ जना, गजुरीमा ७५ जना, गल्छीमा ३५ जना ज्वालामुखीमा ६ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए ।

जिल्लाको गजुरीमा गरिएको परीक्षणमा तीन जना सुरक्षाकर्मीमा आरडिटी रिपोर्ट पोजेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिए । त्यस्तै धादिङबेसीमा पनि तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  

गजुरीमा सुरक्षाकर्मी ४३ जना, क्वारेन्टिनका काम गर्ने, एम्बुलेन्स चालक एक/एक जना, जनप्रतिनिधि ५ जना, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको आरडिटी परीक्षण गरिएको रेग्मीले जानकारी दिए ।  

आरडिटी पोजेटिभ देखिएपछि परीक्षणका लागि टेकु लैजाने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए । जिल्लाका तीन जनामा कोरोना संक्रमित देखिएपछि लकडाउनमा कडाई गरिएको छ ।  





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार २३:५५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया