नीति तथा कार्यक्रममा विदेशबाट फर्किएकाहरुको चाहनालाई सम्बोधन गर्न प्रदेश ५ काे सर्वेक्षण

प्रदेश नम्बर ५ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि विदेशबाट फर्किएकाहरुकाे पनि राय लिने भएकाे छ । प्रदेश नम्बर ५ को योजना आयोगका सदस्य डा विष्णुप्रसाद गौतमले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा रहेको र एक सर्वेक्षणमार्फत् विदेशबाट फर्किएकाहरुकाे राय लिने बताएका छन् । 

यसका लागि प्रदेश सरकारले विदेशबाट फर्किएकाहरुसँग सुझाव लिने उद्देश्यका साथ एक अनलाइन सर्वेक्षण गर्न लागेको छ । 

प्रदेश ५ मा स्थायी बसोबास भइ हाल विदेशमा रोजगारी, व्यापार तथा पेशागत आयआर्जनमुखी काम गरिरहेका र उक्त कामबाट सन् २०२० जनवरी १ पछि नेपाल फर्किएकाहरुलाई कोभिड–१९ ले पारेको असरलाई गम्भीरतापूर्वक लिइएको भन्दै आयोगले त्यसैअनुरुप उनीहरुको चाहनालाई सम्बोधन गर्ने उद्देश्यका साथ सर्वेक्षण गर्न लगाएको जनाएको छ । 

प्रदेश याेजना आयाेगले एक विज्ञप्ति जारी गर्दै report.p5.gov.np मा सर्वेक्षणका लागि राखिएकाे फारम ३ देखि ५ मिनेटमा भर्न सकिने जनाएकाे छ । सर्वेक्षण तथ्यांक संकलनका मात्र भएको भन्दै आयोगले सोही संकलित तथ्यांक प्रदेशको नीति कार्यक्रम र बजेटका लागि प्रयोग गरिने उल्लेख गरेको छ । 

यो सर्वेक्षणबाट वैदेशिक रोजगारीबाट फर्केका जनतालाई कसरी अधिकतम सम्बोधन गर्न सकिन्छ भन्नेमा उल्लेखनीय सहयोग पुग्ने आयोगले विश्वास लिएको छ । 

 





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार ०:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया