इटालीमा ९ मार्च यता दैनिक कोरोनाभाइरसका कारण भइरहेका मृत्युमा सबैभन्दा कम संख्या आज रेकर्ड गरिएको छ । सोमबार ९९ जनाको मृत्यु भएसँगै अब इटालीमा ३१ हजार ९ सय ८ जनाले यो महामारीमा ज्यान गुमाएका छन् ।
त्यस्तै स्पेनमा पनि दुई महिना यताकै कम मृत्यु रेकर्ड गरिएको छ । स्पेनिस सरकारले सोमबार ५९ जनाको मात्र कोरोनाभाइरसका कारण मृत्यु भएको जनाएको छ ।
स्पेनमा अब २७ हजार ७ सय ९ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।
युरोपमा सबैभन्दा बढी प्रभावित यी दुई देशमा केही दिन यता मृतकको संख्या घट्दै गएको छ । संक्रमितको संख्या पनि घट्दै गएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।