मृतक सुत्केरीको शिशुमा देखिएन कोरोना

नेपालमा कोरोनाभाइरसका कारण पहिलो मृतक सिन्धुपाल्चोककी २९ वर्षीया महिलाका आफन्त कसैमा पनि कोरोनाभाइरस संक्रमण देखिएन । उनको नवजात शिशुमा पनि कोरोनाभाइरस नभएको पुष्टि भएको छ । 

धुलिखेल अस्पतालमा गरिएको कोरोनाभाइरस परीक्षणमा यस्तो रिजल्ट आएको हो । मृतक महिलाका छोरा, श्रीमान, आमा, भाइ र बहिनीको कोरोनाभाइरस संक्रमण परीक्षण गरिएको थियो ।

उनीहरुमा कोरोनाभाइरस संक्रमण नदेखिए पनि सिन्धुपाल्चोक प्रशासनले उनीहरुलाई दुई साता क्वारेन्टाइनमा राख्ने भएको छ । त्यसपछि फेरि उनीहरुको कोरोनाभाइरस परीक्षण गरिने भएको छ ।

खोकीका साथसाथै स्वासपश्वासमा समस्या देखिएपछि सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीलाई गत बिहीबार धुलिखेल अस्पतालमा ल्याइएको थियो । तर, उनको अस्पतालमा पुर्याएको केही समयपछि निधन भएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाकै कारण उनको मृत्यु भएको पुष्टि गरेको थियो । मृत्यु हुँदा ती महिला १० दिनकी सुत्केरी थिइन् ।

शिशुसहित मृतकका पाँच आफन्त उनीसँगै धुलिखेल अस्पताल पुगेका थिए । सुत्केरीको मृत्युको कारण कोरोना भएको पुष्टि भएपछि अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा आफन्तको स्वाब परीक्षण गरिएको थियो ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार ३:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया