भारतमा कोरोनाभाइरसः एक लाख पुगे संक्रमित

छिमेकी देश भारतमा केही दिन यता दैनिक कम्तिमा पनि पाँच हजार कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यसको अर्थ हो, भारतमा कोरोना महामारी द्रुत गतिमा फैलिँदो छ । 

अब भारतमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख कटेको छ । 

विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो देश भारतमा कोरोना संक्रमित बढ्दै जाँदा विश्वका त्यहाँका मिडियाहरुले यसलाई ‘ग्रिम रिमाइन्डर’को संज्ञा दिएका छन् ।

केही दिन यता भारतमा लकडाउनको चौथौं चरण सुरु भए पनि राज्यहरुले लकडाउनलाई केही खुकुलो बनाएका छन् । यसले संक्रमितको संख्या थप बढ्दै जाने विश्वास गरिएको छ ।

कतिपयले त भारतमा कोरोनाभाइरस संक्रमण सबैभन्दा बढी जुलाईमा देखिने पनि बताएका छन् ।

भारतमा कोरोनाभाइरस रोकथामका लागि लकडाउन सुरु भएको आज ५६ दिन पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ ४ हजार ९ सय ७० जानलाई कोरोनाभाइरस संक्रमण देखिएको हो । योसँगै भारतमा १ लाख १ हजार १ सय ३९ जना संक्रमित भेटिएका छन् । 



भारतमा पछिल्लो २४ घन्टामा १ सय ३४ जनाको ज्यान कोभिड १९ का कारण गएको छ । योसँगै कोरोनाभाइरसका कारण भारतमा ३ हजार १ सय ६३ जनाको निधन भएको छ ।

भारतले अहिलेसम्म ३९ हजार १ सय ७४ जनाले कोरोनालाई जितिसकेको जनाएको छ ।



भारतमा अहिले सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य भएको छ जहाँ ३५ हजार ५८ संक्रमित पुष्टि भएका छन् । महाराष्ट्रमा १ हजार २ सय ४९ जनाको कोरोनाभाइरसका कारण निधन भएको छ । 

  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १०:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया