नेपाल सरकारले दिएको जिम्मेवारीअनुसार नेपाली सेनाले चीनबाट खरिद गरेको झन्डै १९ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । मंगलबार विहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् सेनाले खरिद गरेको १८.८४ टन नेपाल आइपुगेको हो ।
यसमा कोरोनाभाइरसको पिसिआर परीक्षणका लागि चाहिने किट, पिपिई, एन ९५ मास्क, पन्जालगायतका सामान छन् र
सेनाले खरिद गरेको सामान नेपाल आइपुगेको यो दोस्रो पटक हो । यसअघि ग्वान्झाओबाट तातोपानी नाका हुँदै सेनाले ९ टन स्वास्थ्य सामग्री नेपाल ल्याइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।