नेपालमा चार जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै अब नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३ सय ७९ पुगेको छ ।
यी चार जना कपिलवस्तुका हुन् । उनीहरु मायादेवी गाउँपालिकाको ४ नम्बर वडा र ३ नम्बर वडाको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०, ४०, ४२ र ४५ वर्षका पुरुषमा कोरोनभाइरस संक्रमण पुष्टि भएको हो ।
चारै जना १४ दिनअघि भारतको मुम्बईबाट नेपाल आएका थिए । उनीहरुलाई त्यस लगत्तै क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसँगै क्वारेन्टाइनमा अन्य १२ जना पनि छन् । तर, १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।