प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोनाभाइरस (कोभिड १९) अलिक कडा देखिएको बताएका छन् । प्रतिनिधि सभामा मंगलबार सांसदहरुको प्रश्नको जवाफ दिन सम्बोधन गर्न उभिएका प्रधानमन्त्री ओलीले वुहान, इटाली, दुबई, फ्रान्सबाट आएका भाइरस कडा नभएको तर भारतबाट पछिल्लो समय नेपालमा आएको कोरोना कडा भएको टिप्पणी गरे ।
उनले भने, ‘अरु देशबाट आएको भाइरस कडा खालको रहेनछ । तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’
पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको तर उनीहरुले क्वारेन्टाइनलाई नमानेकाले पनि समस्या भएको उनले बताएका छन् ।
उनले नागरिकको ज्यान जोगाउन सरकार सफल नभएको पनि स्वीकार गरे ।
यतिमात्र होइन, प्रधानमन्त्री ओलीले भाइरस कहिल्यै मार्न नसकिने तर्क पनि प्रतिनिधिसभाको सम्बोधनमा गरे । ‘तर, हामीले भोलिका लागि सोच्नु पर्छ,’ उनले भने, ‘हामी हरेस खान हुँदैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।