प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शल्यक्रिया गरिएकाले खुट्टामा समस्या भएको बताएका छन् । मंगलबार दिउँसो प्रतिनिधिसभामा सरकारका नीति तथा कार्यक्रममा उठेका सांसदहरुको प्रश्नको जवाफ दिन सम्बोधन सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न सकेनन् ।
सम्बोधनको बीचैमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखलाई भने– सभामुखज्यू, मलाई उभिएर बोल्न गाह्रो भयो, बस्ने व्यवस्था गरिदिन सक्नुहुन्छ ?
प्रधानमन्त्रीको यो आग्रहपछि उनलाई रोस्ट्रममा बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइयो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बसेर सम्बोधन सुरु गरे ।
केहीअघि प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकले उनलाई कम्तिमा पनि ६ महिना पूर्ण आराम गर्न सुझाएका थिए ।
तर, अस्पतालबाट डिस्चार्ज भएको दुई दिनपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना राजनीतिक भेटघाटलाई तिव्रता दिन थालेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।