प्रधानमन्त्री ओलीले भने– म भारतलाई सोध्नेछु– सत्यमेव जयते कि सिंह जयते ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले पारित गरेको नेपालको नयाँ नक्सा ऐतिहासिक काम भएको बताएका छन् ।

अनि यसमा भारतको प्रसंगलाई पनि उनले जोडेका छन् । भारतको चिन्हमा चार सिंह भएको र तल पट्टी सत्यमेव जयते लेखेको प्रसंग निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘म भारतलाई सोध्नेछु– सत्यमेव जयते कि सिंह जयते ?’

उनले नेपालले सत्यको जितमा विश्वास गर्ने भएकाले भारतले पनि सत्यमै विश्वास गर्ने विश्वास आफूले लिएको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १३:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया