उपत्यकामा पाँच जना, थप २७ भेटिए कोरोनाभाइरस संक्रमित

नेपालमा अब कोरोनाभाइरस संक्रमित संख्या ४ सय २ पुगेको छ । मंगलबार एकै दिन थप २७ जना कोरोनाभाइरस संक्रमित थपिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४ सय नाघेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा तीन जना, भक्तपुर र ललितपुरमा एकएक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

झापामा ९ जना, मोरङ र सुनसरीमा एकरएक जना, सर्लाहीमा २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङमा पनि एक एक जना कोरोनाभाइरुस संक्रमित भएको पुष्टि भएको हो । 

योसँगै सिन्धुली, लमजुङ र रामेछापमा पहिलो पटक कोरोनाभाइरस संक्रमित भेटिएका छन् । अब कोरोनाभाइरस संक्रमित नेपालका ३६ जिल्लामा भेटिएका छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १७:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया