नेपालमा पहिलोपटक चिकित्सकमा देखियो कोरोना

पछिल्ला केही दिन यता कोरोनाभाइरसविरुद्ध फ्रन्टलाइनमा खटिइरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि हुन थालेको छ । यही सिलसिलामा मंगलबार एक चिकित्सकमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

ललितपुरमा कोरोनाभाइरस संक्रमित पाइएका उनी चिकत्सक हुन् । उनी त इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकै चिकित्सक भएको पनि खुलेको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार उनी केही दिनअघि कपिलवस्तुमा कन्ट्याक ट्रेसिङका लागि पुगेका थिए । त्यही समयमा उनी कोरोनाभाइरस संक्रमित भएको हुनसक्ने अनुमान छ । 

उनलाई काठमाडौंको आइसोलेसनमा राख्ने र उनीसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी चलेको छ ।

नेपालमा संक्रमित भएका उनी पाँचौ स्वास्थ्यकर्मी हुन् । यसअघि नेपालमा चार जना नर्सलाई कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । अहिले चारै जना नर्स आइसोलेसनमा छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १९:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया