कहाँ छन् लमजुङका संक्रमित ? जिल्लाभर बढ्दै छ त्रास

मंगलबार भेटिएका २७ कोरोनाभाइरस संक्रमितमध्ये एक जना लमजुङका रहेको खुलेको छ । लमजुङमा पहिलो पटक कोरोनाभाइरस संक्रमित भेटिएका हुन् । 

तर, यी संक्रमित कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन ।

लमजुङका जिल्ला प्रमुख अधिकारी लक्ष्मणबहादुर खड्काले जिल्लामा कोरोनाभाइरस संक्रमित नभएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘लमजुङका एक जना कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको छ भन्ने थाहा भएको छ । तर, उनी लमजुङमा छैनन् ।’

उनका अनुसार लमजुङबाट संकलन गरिएका स्वाबहरुमध्ये ५३ जनाको नेगेटिभ आएको छ । अन्य ८ जनाको परीक्षणको रिपोर्ट आइसकेको छैन । उनले लमजुङ भनिए पनि यी संक्रमित काठमाडौंमा भएको हुनसक्ने टिप्पणी गरेका छन् । 

उता, लमजुङमा अनेक हल्लाहरु चल्न थालेका छन् जसले त्यहाँ सन्त्रासको वातावरण बढाएको छ । नयाँ संक्रमित लमजुङ सदरमुकाम बेसिशहरमा भएको, उदीपुरमा भएको जस्ता हल्लाहरुल अहिले लमजुङमा व्यापक भएको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २०:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया