थप एक नर्समा देखियो कोरोनाभाइरस

नेपालमा थप एक नर्समा कोरोनाभाइरस देखिएको छ ।

धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा त्यहाँ नै धनकुटा जिल्ला अस्पतालकी नर्समा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमित नर्सको संख्या ५ पुगेको छ ।

यसअघि पनि यही अस्पतालमा काम गर्ने अर्की नर्समा पनि कोरोनाभाइरस संक्रमण देखिएको थियो । उनीसँग सम्पर्कमा आएका अरुको परीक्षणमा पनि कोरोनाभाइरस संक्रमण देखिएको हो ।

मंगलबार अबेर राति थप पाँच जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २२:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया