विदेशबाट ह्वारह्वारी ल्याए देश सोत्तर हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल विदेशबाट नेपालीहरु नफर्काउने संकेत गरेका छन् । उनले अहिलेको कोरोनाभाइरस महामारीमा विदेशबाट ह्वारह्वार्ती नेपाली ल्याएमा देश सोत्तर हुने पनि धारणा राखेका छन् । 

मंगलबार प्रतिनिधिसभामा सांसदहरुलाई प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले नेपालबाट अरु देशले आफ्ना नागरिक लगिरहेको विषयमा पनि अरु देशका नागरिक थोरै भएर लैजान सम्भव भएको बताएका छन् ।

आफूले मात्र नभएर परराष्ट्रमन्त्री समेतले कतार, युएई, कुवेत, बहराइनलगायत देशका प्रमुख तथा उपप्रमुखहरुसँग कुराकानी गरेर नेपालीलाई त्यहाँ नै सुरक्षित र आफ्नो देशका नागरिकलाई जस्तै व्यवहार गर्न अनुरोध गरेको पनि प्रधानमन्त्रीले बताएका छन् ।

साँच्चिकै समस्यामा परेका नेपालीलाई चाहिँ ल्याउन पहल भइरहेको उनले बताएका छन् । यसका लागि कसरी ल्याउने भन्ने तयारी सरकारले गरिरहेको उनको दाबी थियो । 

उनले विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन सजिलो हुन्छ भने पनि वास्तवमै ल्याउन चाहिँ गाह्रो हुने पनि बताएका छन् । ‘ह्वारह्वार्ती ल्याउने हो भने देशमा कोरोना फैलिन्छ,’ उनले भने, ‘के सबलाई ल्याएर देशलाई सोत्तर बनाउने हो ?’ 





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २३:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया