बालबालिकामा देखिँदै छ कोरोनाभाइरसभन्दा खतरानक दुर्लभ बिमारी

अमेरिका तथा बेलायतका केही बालबालिकामा आजभोलि एक गम्भीर र दुर्लभ रोग देखा पर्न थालेको छ । र, यसको सम्बन्ध कोरोनाभाइरस संक्रमणसँग भएको बताइएको छ ।

यो बिमारीका कारण केही बच्चाहरुलाई निकै समस्या हुन थालेको पनि अनुसन्धानमा पत्ता लागेको छ । कतिसम्म भने आइसियूमा राख्दा पनि बालबालिकामा यसको गम्भीर असर देखेको छ । 

बेलायतमा कोरोना महामारी फैलिएपछि एक सय बालबालिका यो बिमारीको चपेटामा आएका छन् । अध्ययनका अनुसार युरोपका अन्य देशमा पनि बालबालिकालाई यो गम्भीर समस्या देखिन थालेको छ ।

जो बालबालिकाको प्रतिरक्षा प्रणाली कोरोनाभाइरससँग लड्न काम गरिरहेको छ, उनीहरुलाई यो समस्या बढी देखिएको छ । 

अनि यो बिमारीका लक्षण कावासाकी डिजिजसँग मिल्दोजुल्दो भएको पनि बताइएको छ ।

कावासाकी बिमारीका कारण बालबालिकाको रक्त कोशिका सुनिन्छन् र उनीहरुको पूरै शरीर रातो हुन्छ । बालबालिकालाई चर्को ज्वरो आउँछ र आँखा पनि निकै रातो देखिन्छन् ।



अप्रिलमा बेलायतका चिकित्सकहरुले यो खतरानक बिमारीबारे पहिले नै भनेका थिए । यो बिमारीका कारण आठ बच्चाहरु बिमारी परेका थिए र १४ वर्षका एकले ज्यान समेत गुमाएका थिए ।

यी सबै बालबालिकालाई लन्डनको एक अस्पतालमा भर्ना गरिएको थियो । अनि उनीहरुमा चर्को ज्वरो, शरीरमा राता धर्सा, राता आँखा र शरीर दुखेको लक्षण देखिएको थियो । उनीहरुको फोक्सोमा कुनै समस्या देखिएको थिएन तर उनीहरुलाई भेन्टिलेटरमा राख्न परेको थियो । यो नयाँ बिमारीलाई चिकित्सकहरुले अहिलेसम्म नाम दिइसकेका छन् । तर, यसको लक्षण कावासाकी रोगसँग मिलेको बताइरहेका छन् ।



कावासाकी रोग चाहिँ पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा देखिन्छ । तर, यो नयाँ बिमारी १४ देखि १६ वर्षका उमेरका बालबालिकामा बढी देखिएको छ ।

इम्पेरियल कलेज अफ लन्डनका डाक्टर लिज भिटेकरले कोरोनाभाइरस महामारीको समयमा आएकाले यो रोग र कोरोनाभाइरसको सम्बन्ध रहेको बताएका छन् । उनी सरुवा रोगका लेक्चरर हुन् ।

अहिलेसम्म यो बिमारी निकै गम्भीर भएको मात्र थाहा भएको छ । चिकित्सकहरु यसबारे अनुसन्धानमा जुटेका छन् ।

  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २३:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया