झापामा एक जनाबाट नौ जनामा सर्‍याे कोरोना

झापामा दुई दिनमा नै दश जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबा एक जनामा देखिएको कोरोनाभाइरस संक्रमण तिनै व्यक्तिबाट अन्य नौ जनामा संक्रमण भएको हो । 

यी नौ जनामा कोरोनाभाइरस संक्रमण भएको चाहिँ मंगलबार पुष्टि भएको हा । 

योसँगै झापाको कचनकवलमा मात्रै १० जना कोरोनाभाइरस संक्रमित भएका छन् । झापा पूरै जिल्लामा चाहिँ १२ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । यीमध्ये एक जना चाहिँ निको भएर घर फर्किइसकेका छन् । 

केचनाका पहिलो सङ्क्रमित भारतबाट भागेर नेपाल छिर्न खोज्दा प्रहरीको फन्दामा परेका थिए । उनीसँगैका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । तर, कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा प्रहरी फन्दामा परेका ती व्यक्तिको सम्पर्कमा आएका अरुमा पनि कोरोनाभाइरस संक्रमण देखिएको हो ।

उनीहरुलाई नेपाल भारत सीमा सुरक्षामा रहेको जनपद र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर कचनकवलको क्वारेन्टाइनमा पठाएको थियो । त्यहाँबाट ३३ जनाको नमूना चेक गर्न कोशी अञ्चल अस्पतालमा पठाइएकोमा सोमबार एक जनाको नतिजा पोजेटिभ आएको थियो । उनलाई सोमबार नै थप उपचारका लागि विराटनगर पठाइएको छ । सोही समूहमा आएका मध्ये मङ्गलबार थप ९ जनामा कोरोना पोजेटिभ भएको हो । उनीहरूलाई पनि उपचारका लागि विराटनगर नै लैजाने तयारी गरिएको छ ।

सङ्क्रमितहरु कचनकवल गाउँपालिका ६ का ८ जना , ४ का १ जना र ५ का १ जना रहेका छन् । उनीहरू सबै १७ वर्षदेखि ३० बर्ष उमेरका हुन् । भारतसँग सीमा जोडिएको कचनकवल गाउँपालिकामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएपछि गाउँमा थप कोरोना त्रास बढेको छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार ०:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया