पाकिस्तानः अनर किलिङ काण्डमा समातिए भिडियो बनाउने युवा

उत्तर पश्चिम पाकिस्तानमा दुई युवतीलाई आफ्नै परिवारका सदस्यले हत्या गरेका छन् । ‘अनर किलिङ’ पनि भनिने यो हत्याको कारण उनीहरुको एउटा भिडियो सामाजिक सन्जालमा फैलिनु मानिएको छ ।

यी दुई युवतीलाई गत साताको सुरुमा उनीहरुकै घरमा परिवारका सदस्यलै नै गोली हानी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरुको भिडियो सामाजिक सन्जाल र इन्टरनेटमा आएपछि परिवारका सदस्यले उनीहरुको हत्या गरेका हुन् ।

आइतबार प्रहरीले यो घटनामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवतीका बाबु र अर्का दाजु भएको एएफपी समाचार एजेन्सीले जनाएको छ । पाकिस्तानी पत्रिका डनमा पनि यो समाचार छापिएको छ ।

यो घटना बिहीबारको भएको भनिएको छ ।

अब त्यहाँ यो घटनाको कारक भिडियो बनाएका युवा पक्राउ परेका छन् । २८ वर्षका उमर अयाजले यो भिडियो एक वर्षअघि नै बनाएका छन् । भिडियोमा उनले दुई युवतीसँगै रहेर केही अन्तरंग दृश्य पनि खिचेका थिए । यो भिडियो उमरका साथीले आफ्नो मोबाइलमा खिचेका थिए । प्रहरीले उनलाई पनि पक्राउ गरेको छ।



मृतक दुई युवतीको उमेर १६ र १८ वर्षको थियो । भिडियो एक वर्षअघि नै खिचेको भए पनि गत सातामात्र यो पाकिस्तानमा भाइरल भएको मानिएको छ ।

पाकिस्तानमा पछिल्लो समय पनि महिला हिंसा निकै गम्भीर समस्या भएको ह्युमन राइट्स वाचले बताउँदै आएको छ । पाकिस्तानमा झन्डै १००० अनर किलिङ वर्षेनी हुने बताइएको छ ।



परिवार र आफन्तको सम्मानमा आँच ल्याएको भन्दै परिवारकै सदस्यको हत्या गर्नुलाई अनर किलिङ भनिन्छ ।

 

  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार ०:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया