राष्ट्र बैंकले उठायाे डेढ खर्ब ऋण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६-७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये करिब डेढ खर्ब रुपैयाँ उठाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार राष्ट्र बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको हो ।

यसका अतिरिक्त केहीदिन भित्रै थप ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठ्ने बताउँदै भट्टले सो रकम नागरिक बचत पत्रबाट उठाउन लागिएको बताए । सरकारले चालू आर्थिक वर्षको बजेटमा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताएको थियो ।

चैत महिनामा मात्रै राष्ट्र बैंकले साढे ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएको बताएको छ । १ अर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले कार्यतालिका नै बनाएको छ । 

चैतमा २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेको थियो भने ३० अर्बको विकास ऋणपत्र जारी गरेर ५५ अर्ब ४० करोड रुपैयाँ उठाएको राष्ट्र बैंकले बताएको छ ।

कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट, ५१।२८ प्रतिशत विकास ऋणपत्रबाट, २.०५ प्रतिशत नागरिक बचतपत्रमार्फत र बाँकी ०.५१ प्रतिशत वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने राष्ट्र बैंकले कार्यतालिकामा उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार ९:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया