कोरोनाबाट नेपालमा तेस्रो मृत्यु

गुल्मीका कोरोनाभाइरस संक्रमितको बुटवलको अस्पतालमा निधन भएको छ । केही दिनअघि मात्र उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । 

योसँगै नेपालमा कोरोनाभाइरसका कारण निधन हुने संख्या तीन पुगेको छ ।

गुल्मीका ती संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको हो । सोमबार उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनी बुटवलको क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनलाई छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

गुल्मीमा शिक्षण पेशामा सम्बद्ध उनले पहिले स्थानीय एक मेडिकलमा जाँच गराएका थिए । तर, पाँच दिनसम्म पनि ठिक नभएपछि बुटवलमा अस्पतालमा आएर भर्ना भएका थिए । 

यसअघि नेपालमा दुई जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् । सिन्धुपाल्चोककी २९ वर्षीया १२ दिने सुत्केरी महिलाको धुलिखेल अस्पतालमा र बाँकेका २५ वर्षका युवाको क्वारेन्टाइनमा कोभिड १९ का कारण निधन भएको हो ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार १०:४५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया