थपिए १३ कोरोनाभाइरस संक्रमित, नेपालमा कूल संक्रमितः ४२०

बुधबार विहान रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४ सय २० पुगेको छ ।

भैरहवामा गरिएको परीक्षणमा १३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । यीमध्ये १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवाहरु छन् । 

उनीहरु अहिले विभिन्न स्थानका क्वारेन्टाइनमा भएको जनाइएको छ ।

उनीहरु सबै केही समयअघि भारतबाट नेपाल आएका थिए । 

नेपालमा योसँगै ४ सय २० जनामा कोरोनाभाइरस संक्रमण भएको छ । तीमध्ये ३७ जना निको भएका छन् । ३ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार ११:१४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया