नयाँ अध्ययनः दैनिक कम्तिमा ६ पटक हात धुनुहोस्

आज तपाईंले कतिपटक हात धुनुभयो ? 

बेलायतमा हात धुने विषयमा गरिएको रिसर्चले चाहिँ मानिसहरुले कम्तिमा पनि ६ पटक हात धुनु पर्ने बताएको छ । 

यो अध्ययनमा सन् २००६ देखि सन् २००९ सम्मको विभिन्न भाइरसहरुबारे अध्ययन गरिएको थियो । यी सबै भाइरस अहिले महामारी बनेको कोरोनाभाइरस बराबर पनि थियो ।

यो अध्ययनमा १६६३ जना सहभागी थिए र यीमध्ये ६ पटक हात धुनेहरुमा भाइरस संक्रमण भएको देखिएको थिएन ।

तर, दैनिक १० पटक हात धुँदैमा भाइरस संक्रमण नहुने भन्ने चाहिँ नहुने रिसर्चमा उल्लेख गरिएको छ ।

पछिल्लो समय विश्व महामारी बनेको कोरोनाभाइरस संक्रमणबाट बच्न पनि वैज्ञानिकहरुले मानिसहरुलाई हात बारम्बार धुनु पर्ने बताइरहेका छन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार १३:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया