अस्पातलले नै कोरोना संक्रमितको मृत्यु भयो भनेपछि....

महामारी कोरोनाभाइरसविरुद्ध विश्व अहिले जुधिरहेको छ । यस्तो समयमा आउने सूचनाहरुले कहिलेकांही ठूलो भ्रम फैलाउँछन् । नेपालमा पनि बुधबार बिहान त्यही भयो । 

सोमबार गुल्मीमा पहिलो पटक एक कोरेनाभाइरस संक्रमित भेटिएको समाचार सार्वजनिक भयो । यी व्यक्ति थिए, ४१ वर्षका मदाने गाउँपालिकाका शिक्षक । 

उनको गाउँमा क्वारेन्टाइनमा भारतबाट नेपाल आएका केही व्यक्तिहरुलाई राखिएको थियो । उनी त्यही स्कुलमा पढाउँथे र क्वारेन्टाइनमा ती व्यक्तिहरु राखेपछि उनी पनि बारम्बार विद्यालयमा पुगेका थिए । 

उनलाई त्यहाँबाट नै कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने अनुमान भयो ।

केही दिनदेखि निमोनिया भएको र स्थानीय मेडिकलमा जचाउँदा ठिक नभएपछि उनलाई बुटवलको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा लगिएको थियो । त्यहाँ उनको अवस्था गम्भीर भएको सोमबार नै सूचना आएको थियो । 

उनलाई सोमबार नै भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।



पिसिआर परीक्षणमा कोरोनाभाइरस संक्रमित उनी गम्भीर बिरामी छन् भनेपछि फरकधारले अस्पतालका एक सन्चालकलाई सम्पर्क गरेको थियो । बुधबार विहानको त्यो सम्पर्कमा ती सन्चालकले भने– हो, उहाँको मृत्यु भइसकेको छ । केही समयमा अस्पतालले विज्ञप्ति जारी गर्दैछ । 

हामीले त्यही आधारमा समाचार बनायौँ– कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु भयो ।



केही सन्चारमाध्यमले अस्पतालका अर्का सन्चालक दूर्गा पाण्डेलाई पनि उद्धृत गरेर यो समाचार लेखेका छन् । अझ प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर पनि समाचार आएका छन् । बरालले उनको मृत्यु भएको बारे अस्पतालले आफूलाई सूचना दिएको जानकारी समेत गरेका छन् । 

तर, अस्पतालले बुधबार दिउँसो एकाएक विज्ञप्ति जारी गरेर ती व्यक्तिको निधन नभएको जनाएको छ । तर, अस्पतालले सँगै स्वीकार गरेको छ– उनको अवस्था निकै गम्भीर छ ।

अब झुटो विवरण दिने अस्पतालमाथि प्रदेश ५ सरकारले छानबिन गर्ने भएको छ ।

  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार १५:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया