प्रदेश १ मा थपिए सात काेराेना संक्रमित

प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९)बाट थप ७ जना संक्रमित भएको पुष्टि भएको छ । बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कोरोना सूचना डेस्कका अनुसार झापाबाट ५, धनकुटा र धरानबाट एक–एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो।  

विराटनगरस्थित प्रदेश १ प्रयोगशालामा संक्रमितको स्वाब नमुना परीक्षणका गर्दा उनीहरूमा पोजेटिभ रिपोर्ट आएको डेस्कले जनाएको छ । यससँगै प्रदेशमा हालसम्म ६६ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।  

प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै विभिन्न तीन ठाउँबाट पिसिआर परीक्षण जारी राखेको छ । बुधबारसम्म पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको र आरडिटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको डेस्कले जनाएको छ । हालसम्म विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २६ जना सफल उपचारपछि डिस्चार्ज भएका छन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार २२:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया