अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी ७ देशको बैठक गर्ने प्रयासमा आफू रहेको बताएका छन् ।
यो बैठकमा कोरोना महामारीका कारण अनलाइन गर्ने आफ्नो चाहना भएको उनले बताएका छन् । यसअघि यो बैठक १०–१२ जुनमा अमेरिकाको मेरिल्यान्डमा यो बैठक हुने भनिएको थियो ।
अब यो भिडियो कन्फ्रेन्सबाट हुने बताइएको छ ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई भिडियो नभएर भौतिक उपस्थितिका साथ नै गर्ने भनिएको छ ।
उनले ट्विटरमा लेखेका छन्, ‘अमेरिका फेरि महान बन्दैछ, म जी ७ बैठक फेरि बोलाउन चाहन्छु, यो त्यही दिन हुनेछ, त्यही ठाउँ हुनेछ जुन यसअघि तय भएको थियो ।’
अब सामान्य हुँदै गएकाले यसलाई सहज रुपमा लिन सकिने उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।