काेराेना परीक्षणकाे शुल्क ताेकिएकाे छैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छाले कोरोना परीक्षणका लागि हालसम्म शुल्क नतोकेको बताएको छ । सामाजिक सञ्जालमा परीक्षणको शुल्क बढी भएको भन्दै विरोध भएको थियो ।

मन्त्रालयले विज्ञप्ती निकाल्दै परीक्षणको दायरा बढाउनका लागि यस्तो व्यवस्था मिलाएको र यस सम्बन्धमा कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताएको थियो ।

तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने गरी लक्षण नभएकाले पनि परीक्षण गर्न पाउने मन्त्रालयले सूचना सार्वजनिक गरेको थियो ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार २३:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया