Sat, 08 Aug, 2020


चीनमा फेरिँदै छ कोरोना, वुहानमा भन्दा अलग देखिन थालियो चीनको पूर्वमा
फरकधार / जेठ ७, २०७७

चीनका विश्लेषकहरुले चीनको पूर्वी क्षेत्रमा कोभिड १९ का नयाँ संक्रमितहरु र कोरोनाभाइरस पहिलो पटक देखिएको वुहानका संक्रमितबीच फरक खालका लक्षण देखिएको बताएका छन् । उनीहरुका अनुसार अब नयाँ संक्रमितहरुलाई अझ बढी समय उपचारका लागि अस्पतालमा राख्नु पर्ने देखिएको छ ।



चीनको नेसनल हेल्थ कमिसनका शीर्ष मेडिकल टिमका सदस्य तथा प्रतिष्ठित चिकित्सक किउ हाइबोले चिनियाँ टिभीलाई दिएको एक अन्तर्वार्तामा आफ्नो टिमले पाएको अनुभवलाई बताउँदै यो जानकारी दिएका हुन् ।

उनले जिलिन प्रान्त र पूर्वी चीनमा फेरि नयाँ कोरोनाभाइरस संक्रमित भेटिन थालेको र अलग खालको लक्षण देखिन थालेको बताएका हुन् । उनले यी रोगीहरुलाई ज्वरो नभएको तर घाँटी दुख्ने र शरीर थाक्ने समस्या देखिएको बताएका छन् । कतिपयमा कुनै लक्षण पनि नदेखिएको उनले बताएका छन् ।

यी नयाँ संक्रमितमा भाइरस लामो समय रहने पनि उनले जनाएका छन् ।

चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाले पनि जिलिन प्रान्त्मा अहिले २५ कोरोनाभाइरस संक्रमित भेटिएको जानकारी दिएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्