भारतीय पत्रकार अर्नब गोस्वामीको मीनेन्द्र रिजालले झारे सेखी, भिडियो हुँदैछ भाइरल

भारतका चर्चित तर बारम्बार विवादमा आइरहने पत्रकार हुन्, अर्नब गोस्वामी । गोस्वामीको टिभी कार्यक्रममा यसपटक नेपाल र भारतको सीमा विवादबारे चर्चा गरिएको थियो । 

कार्यक्रममा नेपालबाट सहभागी भएका थिए, तीन जना । नेपाली काङ्ग्रेसका नेता तथा सांसद डा. मीनेन्द्र रिजाल, द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल र रिपब्लिकाका सम्पादक सुवास घिमिरे ।

कार्यक्रममा सुरुमा गोस्वामीले रिजालसँग नेपालको सीमाबारे कुराकानी सुरु गरेका थिए । जब रिजालले नेपालको सीमा विवादमा आफू प्रतिपक्ष दलको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भएको र नयाँ नक्सा जारी हुनु ठिक भएको तर्क गर्न थाले, गोस्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंग निकाल्न थाले ।

उनले सोधे, ‘त्यसो भने तपाईंको प्रधानमन्त्रीले किन चीनबाट आएको भाइरस कमजोर र भारतबाट आएको भाइरस कडा भने त ?’

यही विषयमा केही समयमा चर्चा भयो । कतिसम्म भने कार्यक्रममा भारत–नेपाल सीमामा किन काँडेतार नलगाउने भन्नेसम्म चर्चा भयो । 

कार्यक्रममा गोस्वामीले भनेका थिए– नेपाल चीनको कठपुतली भइरहेको छ । 



यसलाई डा. रिजालले कडा शब्दमा भत्र्सना मात्र गरेनन्, उनले भारत र नेपालको सम्बन्ध राम्रो भएको भन्दै नेपालसँग सीमाको विषयमा कुनै इस्यु नबनाउन पनि आग्रह गरे । 

यतिमात्र होइन, डा. रिजालले कार्यक्रममा आफ्ना तर्क राख्दा अर्नब कतिसम्म आत्तिए भने उनले उनलाई जवाफ दिन पनि सहजै दिएनन् ।



यो भिडियोमा डा. रिजालले राखेको तर्क र मतलाई निकै धेरै प्रशंसा मिलिरहेको छ । नेपालमा सामाजिक सन्जाल प्रयोगकर्ताले यसलाई सेयर गरिरहेका छन् ।

 

  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार १०:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया