गुल्मीका कोरोना संक्रमितको मृत्यु

गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको निधन भएको छ । उनको बुटवलमा रहेको क्रिमसन अस्पतालमा उपचार भइरहेको थियो । बिहीबार विहान उनको निधन भएको अस्पतालले जनाएको छ । 

योसँगै नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । 

गुल्मीको मदाने गाउँपालिकामा शिक्षण पेशामा आवद्ध उनको आज विहान ७ बजेर १० मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ । 

प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले पनि यसको पुष्टि गरेका छन् । अब उनले शव व्यवस्थापनको तयारी चलेको बताएका छन् ।

यसअघि बुधबार पनि अस्पतालका सन्चालकले उनको मृत्यु भएको बताएका थिए । तर, दिउँसो अस्पतालले विज्ञप्ति जारी गर्दै उनको मृत्यु नभएको जनाएको थियो ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार १०:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया