दुई छोरा मिलेर गरे बाबुको हत्या, घरभित्रै गाडे शव

केही दिनअघि मात्र इलामबाट एउटा डरलाग्दो समाचार आएको थियो । त्यहाँ एक युवतीले आफ्नै बाबुको हत्या गरेकी थिइन् । 

पूर्वमा हत्याका यस्ता श्रृङ्खला अझै रोकिएका छैनन् । 

अब विराटनगरमा दुई दाजुभाइ मिलेर बाबुको हत्या गरेको समाचार आएको छ । उनीहरुले त बाबुको हत्या मात्र गरेनन्, घरभित्र नै बाबुको शव पनि गाडे । प्रहरीले अब यो शव बरामद गरेको छ ।

घटना हो, विराटनगर महानगरपालिका १४ को । त्यहाँका ५५ वर्षीय सत्यनारायण चौहानलाई उनका जेठा छोरा र माइला छोरा मिलेर हत्या गरेका हुन् । उनीहरुले आफ्ना बाबुको शव घरभित्रै गाडेका थिए । बुधबार साँझ प्रहरीले अनुसन्धानका क्रममा यो पत्ता लगाएको हो ।

प्रहरीले दुवै छोरालाई पनि पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गर्ने बताएको छ ।

दुई छोरासँग बस्दै आएका चौहानले लकडाउनमा खर्च चाहिँ विराटनगरकै अर्को टोलमा बस्ने कान्छो छोरासँग लिने गरेका थिए । तर, चारपाँच दिन यता बाबुले सम्पर्क नगरेपछि कान्छो छोराले खोज्दा उनको हत्या भएको पत्ता लागेको हो ।



अब पक्राउ परेका चौहानका दुई छोराहरुले रक्सी खाएर झगडा हुँदा बाबुको हत्या गरेको स्वीकार गरेका छन् ।



  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार ११:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया