पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्याे

काठमाडौं- पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

जानकारी अनुसार अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । 

पाकिस्तानमा मार्च १८ मा कोरोना भाइरसका पहिलो संक्रमित फेला परेका थिए । त्यसको केही समयपछि पाकिस्तानले भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो ।

अहिलेसम्म पाकिस्तानमा १४ हजार एक सय ५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । पाकिस्ततानको बोलोचिस्तान कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देखिएको छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार १२:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया