धरानमा पछिल्लो समय भेटिएकी एक कोरोनाभाइरस संक्रमित महिला दिल्लीबाट फर्किएको खुलेको छ । ५१ वर्षकी यी महिला दिल्लीमा आफन्तको उपचारका लागि पुगेकी थिइन् ।
उनले दिल्लीबाट फर्किएपछि आफैं कोरोनाभाइरसको परीक्षण गर्न पुगेकी थिइन् ।
अब उनलाई धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ ।
उनी धरानमा कोरोनाभाइरस संक्रमण देखिएकी चौथौं महिला हुन् ।
नेपालमा बिहीबार विहानसम्म ४४४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । अहिलेसम्म नेपालमा कोरोनाभाइरसका कारण ३ जनाले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।