थप एक सुरक्षाकर्मीलाई कोरोनाभाइरस
प्रतिकात्मक तस्वीर

नेपालमा अब कोरोानभाइरस संक्रमित सुरक्षाकर्मीको संख्या १३ पुगेको छ । धनकुटाका ३४ वर्षका संक्रमित पुरुष पनि नेपाल प्रहरीका जवान भएको खुलेसँगै यो संख्या बढेको हो । 

उनी धनकुटाको जिल्ला अस्पतालमा कार्यरत थिए । त्यहाँ कार्यरत अर्का एक सुरक्षाकर्मीलाई पनि यसअघि नै कोरोनाभाइरस संक्रमण देखिइसकिएको छ ।

धनकुटा अस्पतालमा एक बलात्कृत बालिकाको सुरक्षार्थ खटिएका उनको पिसिआर परीक्षण पोजेटिभ आएपछि अब ती बालिकाको पनि पिसिआर गर्ने तयारी भएको छ ।

उनीसँगै धनकुटामा अब ७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । तीमध्ये ४ जना त स्वास्थ्यकर्मी नै छन् । उनीहरु सबै धनकुटा अस्पतालमा कार्यरत हुन् । थप एक जना चाहिँ त्यहाँ कार्यरत एक नर्सका श्रीमान भएको बताइएको छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार १४:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया