फेरि थपिए ९ कोरोनाभाइरस संक्रमित, पुगे ४५३

झापामा आज थप ८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा आज एकै दिन २३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 

झापासँगै कपिलवस्तुमा पनि एक जना कोरोनाभाइरस संक्रमित थपिएपछि नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

रुपन्देहीमा संक्रमित चाहिँ २७ वर्षका पुरुष हुन् । 

अहिलेसम्म नेपालमा भेटिएका ४५३ जनामध्ये ३ सय ८३ पुरुष र ७० जना महिला छन् ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार १८:४५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया