शिल्पाले बताइन् सेरोगेसीबाट आमा बन्नुको कारण

बलिउड अभिनेत्री शिल्पा सेट्टी यही फ्रेबुअरीमा दोस्रो बच्चाकी आमा बनेकी थिइन् । तर, यसका लागि उनले सेरोगेसीको सहयोग लिएकी थिइन् । 

अब एक अन्तर्वार्तामा छोरीका लागि उनले किन सेरोगेसी अपनाइन् भन्नेबारे खुलेर भनेकी छिन् । उनले भनेकी छिन्, ‘पहिलो बच्चा छोरा भएपछि लामो समयसम्म हामीले दोस्रो बच्चाका लागि कोशिस पनि गरेका थियौँ । तर, मलाई एउटा बिमारी भयो– अटो इम्युन । अनि म गर्भवती हुँदा बिराम पर्न थालेँ, कयौँ पटक गर्भ खेर गयो ।’

४४ वर्षकी शिल्पाले त्यसपछि थपेकी छिन्, ‘मैले छोरालाई एक्लै हुर्काउन चाहेकी थिइन, त्यसैले एडप्ट गर्ने प्रयास पनि गरेकी थिएँ ।’ तर, चार वर्षसम्म पनि यो सम्भव नभएको उनको दाबी छ । त्यसपछि उनले सेरोगेसीको माध्यमबाट १५ फ्रेबुअरीमा छोरी पाएको बताएकी छिन् ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार २२:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया