४ दिनमा ४ हजार भित्रिए, ३ हजारको परीक्षण भएन

कैलाली- कैलालीमा भारतबाट जेठ महिनाको ४ दिनमा  ४ हजार तीन सय भन्दा बढी नागरिक भित्रिएका छन् । तीमध्ये ३ हजार बढीको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

गौरीफन्टा नाकाबाट जेठ २ र ३ गते ९ सय ५० जना र जेठ ७ र ८ गते  जना भारतीय सीमा क्षेत्रबाट स्वदेश फर्किएका छन् । त्यसपछि जेठ ७ र ८ गते ३ हजार ३ सय भन्दा बढी स्वदेश फर्किएका  छन् ।

जेठ ७ र ८ गते भित्रिएकामध्ये ९ सय ५० जनाको मात्र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण गरिएको छ भने अरु मानिस विना परीक्षण आफ्नो आफ्नो स्थानीय तहमा पुगेका छन् ।

पर्याप्त किट नहुँदा परीक्षण गर्न समस्या आएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन् ।
 





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १२:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया