पाकिस्तानको व्यापारिक राजधानी कराँची सहरमा एक यात्री विमान क्र्यास भएको छ ।
यो विमान पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पिआइएको हो । विमान कराँची विमानस्थनमा अवतरण गर्ने भनिएको थियो ।
घटनापछि घटनास्थलबाट कालो धुवाँ निस्किएको जनाइएको छ ।
अहिलेसम्म यो घटनाबारे विस्तृतमा पाकिस्तान सरकारले जानकारी दिएको छैन । पाकिस्तानमा कोरोनाभाइरसका कारण भएको लकडाउन खुकुलो बनाएसँगै फेरि एकपटक हवाइ उडान सुरु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।