थप २० जनामा कोरोनाभाइरस संक्रमण

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५०७ भएको छ । डडेलधुरा, बैतडी जिल्लाहरुमा पनि पछिल्लो समय संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बाँकेमा आज थप १४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १८ वर्ष देखि ६१ वर्षसम्मका पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

योसँगै अब नेपालमा ४० जिल्लामा कोरोनाभाइरस संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

आज सबैभन्दा धेरै जना निको भएको दिन भएको पनि प्रवक्ता देवकोटाले जनाएका छन् । उनले आजमात्र २१ जना निको भएर घर फर्किएको जनाएका छन् ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १६:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया