नेपालमा युवाहरुमा किन बढी देखिएको छ कोरोना ?

विश्वको ट्रेन्डभन्दा फरक नेपालमा युवा समूहमा कोरोनाभाइरस संक्रमण बढी देखिएको छ । 

इटाली होस् या स्पेन वा पछिल्लो समय अमेरिका र बेलायतमा पनि ५० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुमा कोरोनाभाइरसको प्रभाव बढी देखिएको छ । 

तर, नेपालको सन्दर्भमा चाहिँ युवा समूहमा बढी कोरोनाभाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म नेपालमा ५०७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यसमा महिलाको संख्या ७४ छ भने पुरुषको संख्या ४ सय ३३ छ ।

अहिलेसम्म नेपालमा ८० वर्षभन्दा माथिका एक जनामा मात्र कोरोनाभाइरस संक्रमण देखिएको छ । ७१ वर्षभन्दा माथिका चाहिँ पाँच जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यस्तै, ६१ वर्षभन्दा माथिका १८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

तर, २१ वर्षदेखि ३० वर्षका मात्रै १ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । नेपालमा कोरोनाका कारण निधन भएका दुई जना पनि यही उमेर समूहमा पर्छन् । 



नेपालमा १० वर्षभन्दा कम उमेरका १७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ भने ११ वर्षदेखि २० वर्षका उमेरका ९६ जनामा कोरोनाभाइरुस संक्रमण देखिएको छ ।

त्यस्तै ३१ वर्षभन्दा माथिका र ४० जनाभन्दा कम उमेरका १ सय २३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । ४१ वर्षभन्दा माथि र ५० भन्दा कमका ५० जनामा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ ।



यसको अर्थ हो, नेपालमा कोरोनाका कारण युवा उमेर समूहका धेरै जना प्रभावित भएका छन् । 

आखिर किन त ?

यसको कारण चाहिँ पछिल्लो समय भारतमा गएका युवाहरु देशमा फर्किनु मुख्य कारक हो । पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या नेपालमा भारतबाट फर्किएकाहरुमा झन्डै ८० प्रतिशत रहेको छ । र, भारतबाट अधिकांश युवाहरु नै फर्किएका छन् । यही कारणले पनि भारतबाट फर्किएकाहरुमा कोरोनाभाइरस संक्रमण देखिनु र उनीहरु युवा समूहको भएकाले युवाहरुमा कोरोनाको बढी प्रभाव देखिन सक्थ्यो ।

  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १८:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया