नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या अब ५ सय १६ पुगेको छ ।
शुक्रबार साँझ ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यो संख्या बढेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरकी ५४ वर्षकी महिला, भक्तपुरकी ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षका पुरुष र बारामा २२, २७, ३०, ३४, ३८, ४५ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालमा अहिलेसम्म तीन जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।