म्याग्दीमा एकै साता तीन जनाले गरे आत्महत्या

गत साउन महिनामा विवाह गरेकी बेनपा–३ की २१ वर्षीया एक युवतीले घाँस काट्न जंगलमा गएको बेला बिहीबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको अवस्थामा आफ्नै सलले घाटीमा पासो लगाएर झुण्डिइन् । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनको मृत्युले गाउँ नै स्तब्ध छ ।

सोमबार बेनपा–७ मंगलाघाटबाट एक महिलाले म्याग्दी खोलामा हाम फालेर ज्यान फालिन् । कुस्मा नगरपालिका–१ राजाको बगरमा भेटिएको महिलाको शव मंगलबार भेटियो । महिलाको शव पोष्टमार्टम गर्न नपाउँदै मंगलबार नै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना २२ वर्षीय युवा घरको दलिनमा डोरीमा बेरिएको अवस्थामा परिवारले भेटाए ।  

एक हप्तामै म्याग्दीमा तीन जनाले आत्महत्या गरेका छन् । म्याग्दीमा डरलाग्दो सामाजिक समस्याको रूपमा देखिएको आत्महत्याको पछिल्लो घटनामा खोलामा हाम फालेकी महिला मानसिक रोगी भए पनि अन्य दुई जनाले आवेगमा आएर मृत्यु रोजेको हुनसक्ने अनुमान गरिएको र पोष्टमार्टम रिर्पोट र थप अनुसन्धान बाँकी रहेको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार २२:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया