अब लमजुङमा बाहिरबाट फलफूल र तरकारी लैजान नपाइने

लमजुङमा जिल्ला बाहिरबाट तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारी दिए । बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल ल्याउँदा जोखिम बढ्ने देखिएको भन्दै कोभिड– १९ विपत व्यवस्थापन केन्द्र जिल्लास्तरीय कमान्ड पोस्ट लमजुङको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको आरडिटी जाँच गर्ने पनि बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए । बैठकले राइनास नगरपालिकाको भैरव माविमा क्वारेन्टाइन व्यवस्था गरी नेपाली सेनाको श्रीजंग गणबाट सुरक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले बेंसीसहरको सहजीमा रहेको क्वारेन्टाइनको सुरक्षामा सशस्त्र प्रहरी खटाउने निर्णय गरेको छ । सुन्दर बजारको लमजुङ कृषि क्याम्पसमा रहेको क्वारेन्टाइनको सुक्षामा नेपाली सेना खटाइएको छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार २२:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया