भक्तपुरमा शुक्रबार एक जनामा कोरोनाभाइरस संक्रमित भेटिएसँगै जिल्लामा तेस्रो कोरोनाभाइरस संक्रमित भेटिएको पुष्टि भएको छ ।
भक्तपुरमा शुक्रबार साँझ कोरोना पुष्टि भएकी ४२ वर्षकी महिला हुन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उनी महिला भएको र ४२ वर्षको भएको खुलाइएको छ ।
अब ती महिला नगरपालिकाकी नगर सदस्य भएको र पछिल्लो समय उनी राहत बाँड्न तथा अन्य काममा पनि बाहिर निस्किने गरेको खुलेको छ ।
उनको स्वाब केही दिनअघि संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।